टेलिकमको टाउको दुखाउने ‘फेक भ्याकेन्सी’-Sutra News

टेलिकमको टाउको दुखाउने ‘फेक भ्याकेन्सी’

बुधबार, १० जेष्ठ २०८०

बुधबार, १० जेष्ठ २०८०

नेपाल टेलिकमका विभिन्न शाखाहरूमा ‘भ्याकेन्सी’ खोलिएको भन्दै गलत सूचना फैलिएकाले नेपाल टेलिकमले भ्रममा नपर्न आग्रह गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो ।



‘केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरूमा काम गर्न भ्याकेन्सी खोलिएको भनेर कम्पनीका पदाधिकारीहरूको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कर्मचारी आवश्यकतासम्बन्धी सूचना गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रूपमा सार्वजनिक गर्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट