पश्चिमी वायुको कारण काठमाडौंमा वर्षा, कोशी र मधेशमा हावाहुरीको सम्भावना-Sutra News

पश्चिमी वायुको कारण काठमाडौंमा वर्षा, कोशी र मधेशमा हावाहुरीको सम्भावना

बिहिबार, ११ जेष्ठ २०८०

बिहिबार, ११ जेष्ठ २०८०

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त वायुका कारण अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ । मौसमी प्रणाली बिस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले काठमाडौँसहित पूर्वी उत्तरी क्षेत्रमा वर्षा हुने उहाँले बताउनुभयो ।

आज कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट