प्रधानमन्त्रीको भारत भ्रमणबारे राजदूत र भारतीय विदेशमन्त्रीबीच छलफल-Sutra News

प्रधानमन्त्रीको भारत भ्रमणबारे राजदूत र भारतीय विदेशमन्त्रीबीच छलफल

बिहिबार, ११ जेष्ठ २०८०

बिहिबार, ११ जेष्ठ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानेबारे भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दिल्लीमा कूटनीतिक भेटघाट थालेका छन् ।



बिहीबार राजदूत शर्माले भारतीय विदेशमन्त्री डा एस एस जयशंकरसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान राजदूत शर्मा र आफूबीच भेटवार्ता भएको विदेशमन्त्री जानकारी दिएका छन् ।

भेटवार्ताको तस्बिरसहित उनले आफूहरुबीच दुई देशबीचको गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको र आगामी दिनमा यसलाई थप बिस्तार गर्ने प्रतिबद्धता जनाइएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमण गर्ने भनिए पनि औपचारिक घोषणा गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट