जनकपुर । नेपाली कांग्रेस रूपान्तरण अभियान आज मधेश प्रदेशको जनकपुरबाट आरम्भ भएको छ ।
नेपाली कांग्रेसभित्र देखिएका कमी कमजोरी, विकृति, विसङ्गतिको अन्त्य गर्दै पार्टीमा सुधार, परिवर्तन र रूपान्तरणको लागि मेचीदेखि महाकालीसम्म सातै प्रदेशमा बृहत् भेला र अन्तरक्रिया गर्न सुरु गरिएको हो ।
रूपान्तरण अभियानले समग्रमा नेपाली कांग्रेसलाई बलियो, सशक्त र सुदृढ बनाउनुका साथै पार्टीमा नयाँ आशा, कार्यकर्तामा नयाँ भरोसा र आम जनतामा नयाँ विश्वास जगाउने पार्टीले विश्वास लिएको छ ।
भेलामा केन्द्रीय सदस्य मधु आचार्य, चन्द्रमोहन यादव, नेताहरू गुरुराज घिमिरे, लक्ष्मण लालराय यादव, भूपेन्द्र जङ्ग शाही, रञ्जित कर्ण, राजेन्द्र अमात्य, जगदीश्वर नरसिंह केसी, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे र नरेश यादवलगायत उपस्थित भएका थिए ।
नरेन्द्र नेम्वाङ, भुपेन्द्र थापा, बंशीलाल तामाङ, उज्ज्वल बराल, विनोद कायस्थ, कौशलराय यादव, धर्मेन्द्र नेम्वाङ, विनोद खनाल, सुवास लोहनी, दिनेश यादव, सुवास पोखरेल, चिरञ्जीवी हमाल, डिल्ली सुवेदी, युवराज पाण्डे, उमेश मिश्र, कृश्र सिंह, राजेश रौनियार, सैलेन्द्र यादव, मनोज चौधरी, पिन्टु सिंह, नन्द नेम्वाङलगायत पनि उपस्थित भए ।