अघिल्लो वर्षझै यस वर्ष पनि भारतमा बलिउड भन्दा पनि दक्षिण भारतीय सिनेमाहरु नै हलमा राम्रो व्यापार गर्न सफल भइरहेका छन्।
हलसँगै ती फिल्महरुले डिजिटल प्लेटफर्म(ओटिटि)मा पनि दर्शकहरुको मन जितिरहेका छन्। हालै नेटफ्लिक्समा रिलिज भएका दक्षिण भारतीय सिनेमाहरुले बलिउड सिनेमालाई टक्कर दिइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
नेटफ्लिक्सको यस साताको टपटेन सिनेमाहरुको सुचि हेर्दा यस्तै देखिन्छ।
यसै साता रिलिज भएका तीन दक्षिण भारतीय सिनेमाले नेटफ्लिक्समा रनबिर कपुर, रानी मुखर्जी तथा कार्तिक आर्यन जस्ता बलिउड स्टारका सिनेमालाई राम्रै टक्कर दिइरहेका छन्।
यो हप्ता नेटफ्लिक्सका टपटेन सिनेमाको पहिलो नम्बरमा रानी मुखर्जीको ‘मिसेज चटर्जी भर्सेज नर्वे’ रहेको छ भने दोश्रो र तेश्रो नम्बरमा ‘कटहल- द ज्याकफ्रुट मिस्ट्री’ तथा ‘तू झुठी मै मक्कार’ रहेका छन्। यस्तै सूचिको चौथो, पाँचौ र छैठौं नम्बरमा ‘विरिपक्षा’, ‘द मदर’ र ‘शहजादा’ रहेका छन्।
त्यसैगरी ‘तिरुक्कुरल’, ‘दसरा’ र ‘मिशन मंजनु’ क्रमशः सूचिको सातौं, आठौं र नवौं नम्बरमा रहेका छन्।
यो सूचिमा रहेका ‘विरिपक्षा’, ‘तिरुक्कुरल’ र ‘दसरा’ दक्षिण भारतीय सिनेमा हुन्।
यस्तै दशौं नम्बरमा भने ‘क्लिफर्ड- द बिग रेड डग’ रहेको छ।