विद्यालयमा करेन्ट लाग्दा कक्षा १० मा पढ्ने विद्यार्थीको मृत्यु-Sutra News

विद्यालयमा करेन्ट लाग्दा कक्षा १० मा पढ्ने विद्यार्थीको मृत्यु

शुक्रबार, १२ जेष्ठ २०८०

शुक्रबार, १२ जेष्ठ २०८०

सप्तरी । सप्तरीको शिव इनटरनेश्नल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।



विद्यालयले आयोजना गरेको हाउस वाइज क्रिकेट टुर्नामेन्टमा साउण्ड सिस्टम बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर राजगढ गाउँपालिका झुटकी–२ बस्ने १५ वर्षीय तेसलानन्द यादवको शुक्रबार बिहान मृत्यु भएको हो ।

राजविराज कुनौली रोडमा रहेको विद्यालयमा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा लैजाने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतकका आफन्तले विद्यालयको लापरबाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट