बाँकी नतिरेपछि प्रसाद-२ लाई ल्वाङवासीले भने- क्षेताक्यू बराहले भलो हुन दिदैंन र नहोस् पनि-Sutra News

बाँकी नतिरेपछि प्रसाद-२ लाई ल्वाङवासीले भने- क्षेताक्यू बराहले भलो हुन दिदैंन र नहोस् पनि

शुक्रबार, १२ जेष्ठ २०८०

शुक्रबार, १२ जेष्ठ २०८०

निक्कै लफडापछि रिलिज भएको ‘प्रसाद-२’ सिनेमा आफ्नो सार्वजनिक प्रदर्शनमा फल्प भइसकेको छ।



अझै केही शो पाइरहेको यो सिनेमा सुटिङ भएको गाँउमा अझै बक्यौता नतिरेको खुलेको छ।
आफूहरुले पाउनुपर्ने पैसा नपाएको र निर्माण पक्षले आफूहरुलाई ठगेको भन्दै एक जना स्थानीयले सामाजिक संजालमा स्टाटस लेख्दै निर्माणपक्षलाई श्राप समेत दिएका छन्।

सिनेमा सुटिङस्थल कास्की, ल्वाङका स्थानीयबासी तिर्थ गुरुङले आफ्नो गुरुङ तिर्थ ल्वाङ कास्की फेसबुकपेजबाट भुक्तानी नपाएको गुनासो गर्दै स्थानीय देवताको नाममा कहिले भलो नहुने भन्दै श्राप दिएका छन्।

‘प्रसाद-२ फिल्म परिवारले ल्वाङ,कोलेली,साखु गाउँलेबासीलाई रुवाएर बसेछ! पक्कै पनि क्षेताक्यु बराहले यिनीहरुको भलो त कहिले हुन दिदैंन र नहोस् पनि क्षेताक्यु बराह वरिपरि सुटिङ गरेको ताजै छ! अब न्यायको लागि लड्न पर्नी दिन आउदै छ!’, फेसबुकमा उनले लेखेका छन्।

तिर्थले स्टाटससँगै कमेन्टमा पनि ‘प्रसाद-२’को युनिटलाई गाँउले सकेको सहयोग गरेको तर भुक्तानी नपाउँदा आफूहरुमाथि विश्वासघात भएको दुखेसो गरेका छन्।
‘हामी आफ्नो काम छोडेर यिनको फिल्म सफल होस् भनेर लागे, भएको भाँडाकुँडा पनि सबै दिए ,अहिले तिर्नु पर्नी न्यूनतम रकमको १ पैसा नतिरी कुनामा बसेर मरेछ जिन्दगी भरी यसरी नै बसोस् !! एउटाले अर्कोलाइ चोर भनेछ , अर्कोले अरुलाई चोर भनेछ, अर्कोले अरुलाई ,, आफु चोर भए पछि दुनियाँ चोर देख्ने !! (२ नम्बरी) टिमले राम्रो व्यबहार गरेको भएर विश्वास गरेर फिल्म गर्न दियो अहिले यस्तो हालतमा छोडेर मर्यो’, उनले कमेन्टमा लेखेका छन्।

आफ्नो स्टाटसमा उनले ‘प्रसाद-२’ सिनेमा खेलेका कलाकार प्रोडक्सन म्यानेजर मनोज केसीसहित निर्देशक सुदर्शन थापालाई पनि ट्याग गरेका छन्।
उनले ट्याग गरेको फेसबुक स्टाटसमा ट्याग भएका दुई कलाकार कमलमणी नेपाल(खुपीका बा) तथा विशाल पहारीले आफूहरुले पनि ‘प्रसाद-२’बाट पारिश्रमिक नपाएको भन्दै कमेन्ट गरेका छन्।

‘तपाईं सङै हाम्रो पनि ,पसिना बगेको छ’, पहारीले कमेन्ट गरेका छन्।

त्यस्तै कमलमणी नेपालले तीर्थलाई मेन्सन गर्दै ‘छोड्न हुन्न सर,,,तपाईंहरु सङ्गै हाम्रो पसिनाको पनि अपमान गरेको छ’ भनेका छन्।
सिनेमाका प्रमुख निर्माता भनिएका सुभाष थापा हाल फरार रहेका छन्। प्रहरीले उनीविरुद्ध पक्राउपूर्जी जारी गरेको छ।

सुदर्शन थापा निर्देशित सिनेमामा विपिन कार्की, केकी अधिकारी, महेश त्रिपाठी, विशाल पहारी, प्रकाश घिमिरे, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

सिनेमालाई संचारकर्मीसमेत रहेका सुशिल पौडेलले लेखेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट