शीतल निवासले टिकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई आममाफी दिनका राष्ट्रपतिको कार्यालयमा प्राप्त निवेदन सर्वोच्चबाट प्रतिपादित सिद्धान्त बमोजिम गर्नु भन्दै गृह मन्त्रालयमा फिर्ता पठाइसकेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति संविधानको धारा २७६ बमोजिम आममाफी दिने व्यवस्था छ । राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।
तर, मुलुकी फौजदारी कार्यविधि संहिता-२०७४ को दफा १५९ मा सजाय माफी दिन सकिनेबारे थप व्याख्या गरेको छ । कार्यविधि संहिता-२०७४ को दफा १५९ को उपदफा ४ (घ) अनुसार क्रूर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको भन्ने कानुन आकर्षित भएपछि राष्ट्रपतिको कार्यालयले पत्र फिर्ता गरेको बुझिएको छ ।