हत्या आरोपमा सभामुखका छोरा समातिए-Sutra News

हत्या आरोपमा सभामुखका छोरा समातिए

शुक्रबार, १२ जेष्ठ २०८०

शुक्रबार, १२ जेष्ठ २०८०

जापानको नागानो प्रिफेक्चरको नाकानो नगर सभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय जेठा छोरा मसानोरी आओकीलाई दुई प्रहरी अधिकारीसहित चार जनाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।



सभामुखका छोराले एक महिलालाई छुरा प्रहार तथा दुई जना प्रहरी अधिकारीमाथि गोली हानेर मारेको आरोप लगाइएको छ । निजले अर्की एक महिलाको पनि हत्या गरेको अभियोग लगाइएको छ । क्यामफ्लाज, टोपी र मास्क लगाएको अभियुक्तले घातक आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तुलनात्मक रूपमा शान्त जापानमा बन्दुक हिंसाका घटना बिरलै हुने गरेका छन् । गत वर्ष जापानमा बन्दुकसँग सम्बन्धित नौ घटना भएका थिए । ती घटनामा चारजनाको मृत्यु भएको थियो । गत वर्ष पूर्वप्रधानमन्त्री शिञ्जो आबेमाथि चुनावी सभामा गोली हानेर हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट