पटाका विस्फोट हुँदा ४ जनाको मृत्यु-Sutra News

पटाका विस्फोट हुँदा ४ जनाको मृत्यु

शनिबार, १३ जेष्ठ २०८०

शनिबार, १३ जेष्ठ २०८०

उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् ।



सो विस्फोट दिउँसो ४ बजे भएको थियो । सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शङ्कास्पद आतिशबाजीको नमुना सङ्कलन गरेर परीक्षण गरिरहेका थिए ।

प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलमा ११ जना थिए । हालसम्म नौ जनाको उद्धार गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट