शनिबार काठमाडौंबाट भारतको बैंगलुरूका लागि उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौंमै फर्किएको छ।
एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले १ बजेर ४५ मिनेटमा बैंगलुरूका लागि उडान भरेको थियो।
उक्त जहाज करिब आधा घण्टाअघि विमानस्थलमा अवतरण भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । जहाजमा चरा ठोकिएको प्रारम्भिक अनुमान गरिएको छ । यसबारे थप अध्ययन भइरहेको छ ।