चार महिनापछि भेटियो अभिनेता जेफरसनको शव-Sutra News

चार महिनापछि भेटियो अभिनेता जेफरसनको शव

शनिबार, १३ जेष्ठ २०८०

शनिबार, १३ जेष्ठ २०८०

चार महिनादेखि बेपत्ता ब्राजिलियन अभिनेता जेफरसन मचाडोको शव गाडिएको अवस्थामा भेटिएको छ ।



उनको शव रियो दी जेनेरियोस्थित एक घरबाहिर काठको बाकसमा भेटिएको हो । जेफसनको पारिवारिक मित्र सिन्टिया हिल्सेंडेगरले जेफरसनको इन्स्टाग्राम पेजमा उनको निधनको पुष्टि गरेका छन् ।

‘यो निकै दुःखको कुरा हो कि जेफ २०२३ मे ५ मा मृत भेटिएका छन्’, सिन्टियाले लेखेकी छन् । प्रहरीका अनुसार ४४ वर्षे अभिनेताको शव सिक्रीले बाँधिएको थियो र एक काठको बाकसमा प्याक गरिएको थियो । जुन बाकस सिमेन्टले ढाकिएको थियो । बाकसलाई जमिनबाट ६ फिट तल गाडिएको थियो ।

जेफरसनका पारिवारिक वकिल जाइरो मेगलहासले जेफरसनको दुवै हातलाई शिरको पछाडि बाँधेर ट्रङ्कमा बन्ध गरी घरको पछाडि गाडिएको अवस्थामा भेटिएको बताए । ‘उनको घाँटीमा एक दाग छ, त्यो दागले उनको घाटी थिचि मारिएको हुनसक्ने आशङ्का छ । उनको पहिचान फिंगरप्रिन्टले गरेका हौं’, वकिलले भनेका छन् ।

यो बारेमा चाँडै नै खुलासा हुनेछ । आरजे टाउसिप प्रहरीले यो मामलामा निकै राम्रो काम गरेको छ’ परिवारले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट