ज्ञानेन्द्रजी, राप्रपाको अध्यक्ष बनेर संसद‍्मा आउनुस् : खनाल-Sutra News

ज्ञानेन्द्रजी, राप्रपाको अध्यक्ष बनेर संसद‍्मा आउनुस् : खनाल

शनिबार, १३ जेष्ठ २०८०

शनिबार, १३ जेष्ठ २०८०

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न सुझाव दिएका छन् ।



शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिँदै राजनीतिक दलमार्फत संसदमा उपस्थित भएर आफ्नो विचार राख्न आग्रह गरेका हुन् ।

‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन् । अहिले सामान्य जनता हुन् । उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्, अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस् ।’ खनालले उनले भने ।

उनले थपे,‘बरु एउटा पार्टी खोल्नुस् वा राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किँदैन । बरु संसदमा आउनुस् र कुरा राख्नुस् । त्यो लोकतान्त्रिक हुन्छ ।’

पछिल्लो समय पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र सार्वजनिक कार्यक्रममा सहभागी हुने र मन्तव्य दिने गर्दै आइरहेका छन् । उनी इटहरी, धनगढी लगायतका ठाउँमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर भाषण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट