राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्न नसकेको बताएका छन् ।
शनिबार ललितपुरमा रास्वपा ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू भ्रष्टाचारका हाँगामात्रै भएको दाबी गरेका हुन् ।
उनले यस प्रकरणमा भइरहेको छानबिनमाथि विश्वास गर्न नसक्ने भएकाले आफूहरूले सदनमा संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने माग राखेको धारणा राखे ।
प्रहरीले बयान लिनसम्म डराएका व्यक्तिहरूमाथि अब संसदीय समितिले प्रश्न गर्ने उहाँको भनाइ छ । उनले नेपाली जनताले आफूहरूलाई नाच्न गाउन नभई भ्रष्टहरूलाई समात्न संसदमा पठाएको उल्लेख गरे ।