जनमत पार्टीका अध्यक्ष सिके राउत र भारतीय जनता पार्टी(भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
केन्द्रीय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत शनिवार भारतको राजधानी नयाँ दिल्ली पुगेका थिए । अध्यक्ष राउत र भाजपा विदेश विभाग प्रमुखबीच आपसी सबन्धका बारेमा भेटवार्ता भएको बताइएको छ ।
दुई नेताबीचको भेटमा दुई देश र दुई पार्टीबीचको सम्बन्ध सुधारका बारेमा छलफल भएको थियो । शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेलाई भेटेका हुन् ।