भ्यु टावरको विकासले मान्छे बिर्सिने समस्या आएको भन्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि व्यंग्य गरेका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा नागरिकलाई केन्द्रमा राख्नुपर्ने भन्दै र सोहीअनुसारको सरकारले नीति ल्याएको दाबी गर्दै उनले भने,‘मेरो जिल्ला झापामा डेढ अर्बको भ्यु टावर बन्दै गर्दा धनुषामा राजु सदाले डेढ सयको स्लाइनपानी लगाउन नपाएर ज्यान गुमाएका छन् । यस्तो मान्छे बिर्साउने नीति नागरिकका लागि हुन सक्दैन ।’
झापामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा निर्माण सुरु भएको परियोजना हो । शुक्रबार नेकपा एमालेको अवरोधका कारण सुरु हुन नसकेको बैठक आज सहमति भएपछि भर्खरै सुरु भएको हो ।