काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताएका छन्।
जलहरी प्रकरणमा प्रतिनिधि सभाको बैठकमा बोल्दै जलहरी प्रकरणमा छानबिनमा सरकारले सहयोग गर्ने बताए । उनले भने, ‘यो विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार व्यक्ति हुनु उचित होइन । यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन छ ।’
संसद्को जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।
त्यसपछि नेकपा एमालेले संसद् अवरोध गरेका थिए । शुक्रबार र शनिबार बसेको शीर्ष नेताहरूको बैठकले उक्त आरोप संसदबाट हटाउने निर्णय गरेपछि संसद् बैठक शनिबार अबेर सुरु भएको हो ।
प्रधानमन्त्रीले जलहरीबारे स्पष्ट परेपछि सभामुख देवराज घिमिरेले लेखनाथ दाहालको आरोप रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।