मलाई अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको छ : मोदी-Sutra News

मलाई अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको छ : मोदी

शनिबार, १३ जेष्ठ २०८०

शनिबार, १३ जेष्ठ २०८०

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नागरिकबाट प्राप्त स्नेह र सद्भावले राष्ट्रका निम्ति अझ परिश्रम गर्ने ऊर्जा प्रान्त भएको बताएका छन् । भारतको प्रधानमन्त्रीका रूपमा आफ्नो नौ वर्ष पूरा भएको अवसरमा उहाँले जनताबाट प्राप्त प्रतिक्रियाप्रति कृतज्ञता व्यक्त गर्दै त्यसो भनेका हुन् ।



बिहानैदेखि हाम्रो सरकारको बारेमा गरिएको प्रशंसा आफ्ना लागि स्नेह भएको र त्यसले आफूलाई ऊर्जा दिएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले यही जेठ १६ गते दुई कार्यकालको नौ वर्ष पूरा गर्दैछ । यस अवसरमा भारतीय जनता पार्टीले सोही दिनदेखि एक महिनासम्म देशभर ५० स्थानमा विशेष सभा एवम् र्‍याली गर्नेछ । केही कार्यक्रमलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन् ।

भारतीय जनता पार्टीका अनुसार ती सभा तथा र्‍यालीलाई आगामी लोकसभा चुनावको तयारीमा केन्द्रित हुनेछन् । लोकसभा निर्वाचन करिब एक वर्षपछि हुँदैछ । सबैभन्दा ठूलो र्‍याली राजस्थानको अजमेरमा हुनेछ जसलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन् ।

विशेष सभा र र्‍यालीमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र अन्य शीर्ष नेता सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट