काठमाडौं । सांसद मेटमणि चौधरीले सरकारले बजारमा पैसा नल्याएसम्म अर्थतन्त्र चलायमान नहुने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै चौधरीले सरकारले बजारमा पैसा ल्याउने तरिकाबारे ध्यान दिनुपर्ने बताएका हुन् । ‘सरकारको ध्यान पैसालाई कसरी नियन्त्रण गर्ने, चुहावट रोक्ने कुरा मात्र हुन्छ,’ चौधरी भन्छन्, ‘बजारमा पैसा नल्याएसम्म अर्थतन्त्र चलायमान नै हुँदैन ।’
यस्तै, बजारमा सरकारले धेरै रकम भुक्तान गर्न बाँकी रहेको समेत चौधरीको भनाई छ । ‘भुक्तानी नगर्ने र बजारमा पैसा छैन भनेर हल्ला गरेर हुँदैन,’ चौधरीले थपे, ‘निर्माण व्यवसायीको रकमसहित ९२ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ, त्यसपछि मात्रै बजार चलायमान बन्छ ।’