राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद बुद्धिमान तामाङले प्रदेश संरचना सेतो हात्ती भएको भन्दै सबै मिलेर हटाउन आग्रह गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै तामाङले खर्च धान्न नसक्ने अवस्थामा रहँदा प्रदेश संरचना सहमतिमा हटाउनुपर्ने बताएका हुन् ।
‘सरकारले दैनिक खर्च धान्न नसक्ने अवस्था छ । ऋण बढेर २१ खर्ब पुगेको छ । ऋण काटेर घिउ खाने होइन जिउ जोगाउन कोसिस गर्नुपर्छ’ तामाङले भने, ‘मितव्ययिताले सार्वजनिक खर्चमा कटौती हुँदैन । सेता हात्ती जस्तो खर्चिलो प्रदेश हामी सबैले बिदा गर्नुपर्छ ।’