नीति कार्यक्रममै भ्रष्टाचार विरोधी अभियान आवश्यक : सांसद परियार-Sutra News

नीति कार्यक्रममै भ्रष्टाचार विरोधी अभियान आवश्यक : सांसद परियार

शनिबार, १३ जेष्ठ २०८०

शनिबार, १३ जेष्ठ २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले नयाँ शिराबाट विकासको बहसलाई अगाडि बढाउनुपर्ने भन्दै नीति कार्यक्रममै भ्रष्टाचार विरोधी अभियान आवश्यक रहेको बताएका छन् ।



शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘….विगतमा हामीले विकासका कुराहरू कति गर्‍यौँ होला ? यहाँनेर भन्नुपर्छ, अब हामीले बुझेको विकासलाई अब पुनः परिभाषित गर्नुपर्छ ।’

विकासको अवधारणा नै परिवर्तन गरेर जानुपर्नेमा जोड दिँदै सांसद परियारले प्रश्न गरे, ‘यो औपनिवेशिक विकास र आधुनिकीकरणले गाँजेको विकासले के हाम्रो जनजीवनलाई छुन सक्यो ? विकास अन्य प्रारूप देख्न सकेनौं ?’

सबैभन्दा धेरै भ्रष्टाचार विकासका कार्यक्रम र विकासका परियोजनामा भएको भन्दै उनले नीति कार्यक्रममै भ्रष्टाचार विरोधी अभियान घोषणा गरेर जानुपर्ने बताए ।

साथै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन नसकेको बताएका छन् । ‘नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन सकेन’, उनले भने, ‘राज्य व्यवस्थामा अंशियार नै खोज्ने भए पनि १३ प्रतिशत चाहिन्छ । यहाँ कार्यक्रममा कनि आउन सकेन ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट