सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन-Sutra News

सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

शनिबार, १३ जेष्ठ २०८०

शनिबार, १३ जेष्ठ २०८०

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत जेठ १ गते संसदमा दिएको अभिव्यक्ति संसद् सचिवालयको रेकर्डबाट हटाइएको छ ।



उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा स्वास्थ्य सामग्री खरिदमा दुई अर्बको भ्रष्टाचार भएको र पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा अनियमितता भएको आरोप लगाएका थिए । शनिबार सभामुख देवराज घिमिरेले उक्त अभिव्यक्ति अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

त्यसपछि संसद् सचिवालयले सो अभिव्यक्ति अभिलेखबाट हटायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट