सुदूरपश्चिमका युवायुवतीलाई संसदीय प्रणालीसम्बन्धी अभ्यास गराइएको छ ।
सुदूरपश्चिम प्रदेश युवा परिषद्ले उक्त अभ्यास गराएको हो । प्रदेशका युवाहरूको नेतृत्वदायी क्षमता अभिवृद्धि गर्ने हेतुले धनगढीमा ४ दिने संसदीय अभ्यास गराइएको बताइएको छ ।
नमुना युवा संसद् अभ्यासमा सामेल युवाले सांसदका काम कारबाही, सरकारका काम र छनोट हुने योजनालगायत बारेमा जानकारी गराइएको हो ।
यस्तै उनीहरूले नमुना युवा संसद् अभ्यासबाट नेतृत्वदायी क्षमताको विकाससँगै सही नेतृत्व छनौट र आफ्ना अधिकारका विषयमा समेत जानकारी लिएको बताएका छन् । सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट प्रतिनिधिमूलक रूपमा युवायुवतीलाई उक्त कार्यक्रममा सहभागी गराइएको थियो ।