सरकारको नीति तथा कार्यक्रम पारित बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको बैठकमा पाँच दिन छलफल भएपछि सरकारको नीति तथा कार्यक्रम शनिबार राति परित भएको हो ।
सरकारका नीति तथा कार्यक्रमो नेकपा माओवादी, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी लगायतका दलले समर्थन गरे । शुक्रवार नै नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेपनि नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका कारण शनिवार मात्र नीति तथा कार्यक्रम पारित भएको हो ।
जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। राष्ट्रिय सभाको बैठकले यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ ।