काठमाडौँ- नेपाल तरुण दलका पूर्वमहासचिव पदम सुन्दर पालुंगाको घर आगलागीमा परेर ध्वस्त भएको छ। पदमको ताप्लेजुङस्थित घरमा आगोलागी भएको तरण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए।
गुरुङले दुखको घडीमा तरुण दलले साथ दिने भन्दै धैर्य गर्न पदमलाई आग्रह गरेका छन्। उनले ताप्लेजुङक तरुण दलका नेता कार्यकर्तालाई उद्धारको काममा लाग्न पनि निर्देशन दिएका छन्।
‘नेपाल तरुण दलका पूर्व महासचिव पदम सुन्दर पालुङ्गा ज्यूको ताप्लेजुङमा अवस्थित निवासमा आगलागी भई घर जलेर नष्ट भएको खबरले अत्यन्तै दुखित छु,’ उनले भने, ‘यो दुखद घडीमा आफूलाई धैर्य धारण गर्न अनुरोध गर्दै सिंगो नेपाल तरुण दल साथमा रहेको कुरा अवगत गराउँदछु। साथै जिल्लास्थित तरुण दल कार्यसमितीको साथी हरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु।’
गुरुङले स्थानीय तह तथा नेपाल सरकारसँग आगलागीले पुर्याएको क्षतिपूर्तिको माग पनि गरेका छन्।