प्रधानमन्त्रीको भारत भ्रमणमा तल्लो अरुणको पीडीए सम्झौता गरिने-Sutra News

प्रधानमन्त्रीको भारत भ्रमणमा तल्लो अरुणको पीडीए सम्झौता गरिने

आइतबार, १४ जेष्ठ २०८०

आइतबार, १४ जेष्ठ २०८०

काठमाडौं- लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले ६६९ मेगावाटको आयोजनाको पीडीए सम्झौता गर्ने निर्णय गरेको हो ।



‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तल्लो अरुणको पीडीए सम्झौता गर्ने विषयमा निर्णय भएको हो। यो आयोजना बनाउन भारत समेत तयार रहेको अवस्थामा पीडीए गर्ने सम्झौता हुनेछ।

यसबाहेक, चिनियाँ कम्पनीको मातहतमा रहेको तमोर जलविद्युत आयोजनाको विषयमा समेत बैठकमा छलफल भएको उनको भनाइ छ । ‘हाल चिनियाँ कम्पनीले तमोर आयोजना बनाउने भन्ने विषय छ ।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते ४ दिने लामो भारत भ्रमणमा निस्कदै छन् । प्रधामन्त्री बनेपछि पहिलो विदेश यात्रामा निस्कन लागेका प्रचण्डले आफ्नो भ्रमणको मुख्य एजेन्डा जलविद्युतलाई बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट