मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान १० बजे बस्नेगरी बैठक बोलाएका थिए ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसिरहेको छ ।
बैठकमा गणतन्त्र दिवसमा हुने कैद छुट खासगरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद मिनाहाको एजेन्डा पनि छलफल हुने बुझिएको छ, भोलि सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल हुन सक्ने बताएइको छ।
दुवै विषयमा गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केही निर्णय गरेपछि सबै टुङ्गो लागि नसकेकोले आज टुङ्ग्याउने गरी बस्न लागेको सञ्चार तथा सूचना प्रविधीमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताए।
उनका अनुसार आज अरु पनि केही महत्त्वपूर्ण छलफल र निर्णय हुन सक्नेछन्। मन्त्रालयहरूका नियमित प्रस्तावहरू पनि आजको बैठकमा परेका छन्।