काठमाडौं- सरकारले जेलमा रहेका रेशम चौधरीलाई रिहाई गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भोलि गणतन्त्र दिवसका अवसरमा चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यसअघि पनि सरकारले राष्ट्रपतिसमक्ष चौधरीलाई माफी दिन सिफारिस पत्र पठाएको थियो। तर राष्ट्रपतिले कानुनबमोजिम गर्नू भनेर फिर्ता पठाइदिएका थिए।
चौधरीविरुद्ध ८ सुरक्षाकर्मी हत्या गरेको आरोप छ। सोहीअनुसार जिल्ला अदालत कैलाली, उच्च अदालत र सर्वोच्च अदालतले पनि उनलाई जन्म कैदको फेसला सुनाइसकेको छ।