बीमा रकम पाउने लोभमा ३७ वर्षीय शिवशंकरलाई आफ्नै पत्नीले करेन्ट लगाएर मारिन्-Sutra News

बीमा रकम पाउने लोभमा ३७ वर्षीय शिवशंकरलाई आफ्नै पत्नीले करेन्ट लगाएर मारिन्

आइतबार, १४ जेष्ठ २०८०

आइतबार, १४ जेष्ठ २०८०

सप्तरी । यहाँ एक महिलाले बीमाको रकम पाउने लोभले आफ्नै पतिको हत्या गरेकी छन् । बीमाको रकम निकाल्नको लागि कञ्चनरुप नगरपालिका–३ दास टोलमा एक महिलाले श्रीमानलाई करेन्ट लगाएर मारेकी प्रहरीले जनाएको छ ।



इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कोशिलादेवी दास श्रीमानको करेन्ट लगाएर हत्या गरिएको खुलेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

अभियुक्त दासले आफ्नी देउरानी हिरनदेवी दास र भाउजू शान्तिदेवी दासको सहयोगमा ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट