सरकारको आर्थिक सर्वेक्षण : मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित-Sutra News

सरकारको आर्थिक सर्वेक्षण : मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित

आइतबार, १४ जेष्ठ २०८०

आइतबार, १४ जेष्ठ २०८०

काठमाडौं । सरकारले आजको प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेश गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतका अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित अनुमान गरिएको छ ।



आइतबारको प्रतिनिधिसभा अर्थमन्त्रीले पेश गरेका आर्थिक सर्वेक्षणअनुसार पुँजीगत खर्च बढाउन नसक्दा लक्ष्यको तुलनामा आर्थिक वृद्धिदर निकै कम भएको हो ।

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले भने, ‘सन् २०२३ मा विश्व आर्थिक गतिविधिमा सुस्तता आई  त्यसको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा समेत परेको छ । अन्तर्राष्ट्रिय आर्थिक परिवेश र संरचनात्मक समस्या, थोक तथा खुद्रा व्यापार, निर्माण र उद्योगमूलक उत्पादनलगायत समग्र आर्थिक क्रियाकलाप सङ्कुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि २.१६ प्रतिशत हुने अनुमान छ।’

बजेट ल्याउनु अघि सरकारले संसदमा आर्थिक सर्वेक्षण ल्याउने व्यवस्था छ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले  नयाँ बजेट ल्याउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट