१० दिनपछि १७.३८ अङ्कले घट्यो नेप्से परिसूचक-Sutra News

१० दिनपछि १७.३८ अङ्कले घट्यो नेप्से परिसूचक

आइतबार, १४ जेष्ठ २०८०

आइतबार, १४ जेष्ठ २०८०

शेयर बजारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.३८ अङ्कले ओरालो लागेर १९४१.७४ मा झरेको छ । 



ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले ओरालो लागेर ३६९ दशमलव ४२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । 

नेप्सेका अनुसार कूल ७० लाख ५० हजार ३९ कित्ता शेयर दुई अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको २१ करोड ७९ लाख ९४ हजार ९०३ मूल्य बराबरको शेयर कारोबार भएको छ । नेपाल दूरसञ्चार कम्पनी नौ करोड १३ लाख दुई हजार ८०८, सोल्टी होटल आठ करोड ८६ लाख ६९ हजार, चिलिमे हाइड्रोपावर आठ करोड ३८ लाख २९ हजार ५६१ र नेपाल पूर्वाधार बैंक सात करोड ८८ लाख ८४ हजार ४०० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार, यूनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल सात दशमलव १८, एनएमबी बैंकको ऋणपत्र छ दशमलव शून्य एक र चिलिमे हाइड्रोपावरका शेयरधनीले पाँच दशमलब ९९ प्रतिशतले कमाएका छन् । 

यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी छ दशमलव ४०, न्यादी हाइड्रोपावर पाँच, नयाँ सारथी लघुवित्त चार दशमलव ९०, नेशनल माइक्रोफाइनान्स लघुवित्त चार दशमलव ७३ र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले चार दशमलव ४२ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट