८ महिनामा देशभर १०४ किलोमिटर सडक निर्माण-Sutra News

८ महिनामा देशभर १०४ किलोमिटर सडक निर्माण

आइतबार, १४ जेष्ठ २०८०

आइतबार, १४ जेष्ठ २०८०

काठमाडौं । नेपालमा फागुनसम्म १७ हजार ४८० किलोमिटर सडक कालोपत्रे भएको भने ३४ हजार १०० किलोमिटर सडक निर्माण गरेको छ ।



आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेस गरेको आर्थिक सर्वेक्षण अनुसार सात हजार ९५६ किलोमिटर ग्राभेल र ८ हजार ६६४ किलोमिटर कच्ची सडक रहेको छ ।

त्यस्तै, चालू आर्थिक वर्षको पछिल्लो ८ महिनामा देशैभर जम्मा १०४ किलोमिटर मात्रै निर्माण भएको छ । सरकारले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणअनुसार गत साउनदेखि फागुनसम्म १०४ किलोमिटर मात्रै नयाँ सडक बनेको तथ्य सार्वजनिक भएको हो ।

कूल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्राभेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट