काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकले संघीय संसद्को संयुक्त नियमावली पारित गरेको छ ।
नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संयुक्त बैठकमा नियमावली पारित गरियोस् भनी प्रस्ताव गरेका थिए । बैठकमा त्यसपछि नियमावलीको मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल भएको थियो ।
दफावार छलफलका क्रममा संशोधन प्रस्ताव दर्ता गरेका प्रभु साह, अमरेशकुमार सिंह, सुमना श्रेष्ठ, प्रेम सुवाल, डा विमला राई पौड्यालले संशोधन फिर्ता नलिएपछि संयुक्त सदनमा सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित घोषणा गरेका हुन् ।