रेशम चौधरी प्रकरण: सरकारको आममाफीको निर्णय विरुद्ध पीडितले दिए सर्वोच्चमा रिट-Sutra News

रेशम चौधरी प्रकरण: सरकारको आममाफीको निर्णय विरुद्ध पीडितले दिए सर्वोच्चमा रिट

आइतबार, १४ जेष्ठ २०८०

आइतबार, १४ जेष्ठ २०८०

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलसजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्ध उक्त घटनामा मारिएका प्रहरी अधिकारीकी श्रीमतीले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेकी छन् ।



मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमलाई आममाफी दिन सिफारिस गरी राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो ।

सोहीबिरुद्ध टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती शारदा कडायतले आइतबार दिउँसो सर्वोच्चमा रिट निवेदन पेश गरेकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका मौकामा रेशम चौधरीलाई आममाफी दिने गरी तयारी भइरहेको छ ।

यो पनि पढ्नुहोस्ः

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट