युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडले आइतबारदेखि ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेको छ । यी दुई कम्पनीबीच एक आपसमा मर्जरमा जाने सम्झौता भई आजदेखि एकीकृत निर्जीवन बीमा व्यवसाय सञ्चालन गरेका हुन् ।
मर्जरपछि बन्ने कम्पनी यूनाइटेड अजोड इन्स्योरेन्सको नयाँ ब्रान्डिङ लोगो सार्वजनिक गरिएको छ । जसमा रातो र निलो रङको सम्मिश्रणबाट चार वटा आइकनले नयाँ ढङ्गबाट एकीकृत भई कारोबार सुरु गर्ने जनाइएको छ । उक्त लोगोमा यूनाइटेड र अजोडमा भएको लोगो झल्किएको छैन ।
लोगोमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड युनाइटेड बाइ ट्रस्ट लेखिएको छ । नयाँ लोगोमार्फत फरक ढङ्गबाट आफ्नो छवि बनाउने तयारी गर्ने देखिएको छ ।