भारतले एनएससी काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको फाइनमा काजकिस्तानलाई ३-० को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा भारतले कजाकिस्तानलाई २५-१५, २५-२२ र २५-१८ ले हराएको हो । प्रतियोगितामा नेपालले तेस्रो स्थानमा चित्त बुझायो ।
तेस्रो स्थानको लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको हो । नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तान गरी ८ देशको सहभागिता थियो ।