रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी-Sutra News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

आइतबार, १४ जेष्ठ २०८०

आइतबार, १४ जेष्ठ २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीसहित ४८२ जनालाई कैद सजाय माफी दिएका छन् ।



आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेको जानकारी दिएका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा सोमबारदेखि लागु हुने गरी चौधरीसहित ४७५ जना र ज्येष्ठ नागरिक ७ जना गरी कुल ४८२को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो।

त्यस्तै गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टोपबहादुर बुढासहित १९ जनालाई आममाफी दिएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टोपबहादुर बुढासहित १९ जनालाई आम माफी दिएका हुन् ।

आममाफी र कैद मिनाहापछि उनीहरू सोमबार छुट्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट