बाढीले बगाउँदा चार जनाको मृत्यु-Sutra News

बाढीले बगाउँदा चार जनाको मृत्यु

आइतबार, १४ जेष्ठ २०८०

आइतबार, १४ जेष्ठ २०८०

उत्तरपूर्वी इरानमा शनिबार राति आएको बाढीमा परी कम्तीमा चार जनाले ज्यान गुमाएका सरकारी समाचार समिति इरनाले आइतबार जनाएको छ ।



उत्तरी खोरासान प्रान्तको फारुज, शिरवान र फारुज काउन्टीमा मुसलधारे वर्षाका कारण बाढी आएको, फारुज काउन्टीको एउटा खोलाको पानी सतहभन्दा चार मिटर बढ्दा त्यसले व्यापक क्षति भएको प्रान्तीय सङ्कट व्यवस्थापन विभागका प्रमुख घोलामरेजा शफिकलाई उद्धृत गर्दै इरानले जनाएको छ ।

खोलाले बगाएका दुई जनाको शव भेटिएका, बाढीमा अन्य नागरिक पनि परेको आशङ्कामा अन्य सम्भावित पीडितको ओजी भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट