हरेक एक हजारमा २१ नवजात शिशुको मृत्यु-Sutra News

हरेक एक हजारमा २१ नवजात शिशुको मृत्यु

आइतबार, १४ जेष्ठ २०८०

आइतबार, १४ जेष्ठ २०८०

हरेक एक हजारमा २१ नवजात शिशुको मृत्यु हुने गरेको सरकारी तथ्यांकले देखाएकोछ ।



आइतबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/०८० को तथ्यांक अनुसार नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ र एक वर्षसम्मका शिशुको मृत्युदर २८ रहेको छ ।

दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र २०३५ मा १० भन्दा कममा ल्याउने सरकारले प्रतिबद्धता जनाएको छ ।

अहिलेकै क्रम जारी हुने हो भने नवजात शिशुको मृत्युदर घटाउने दिगो विकासको लक्ष्य हासिल गर्न निकै कठिन देखिन्छ ।

नेपालमा निमोनिया, झाडापखाला, दादुरा, कुपोषणलगायत रोगका कारण नवजात शिशुको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट