असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ : रेशम चौधरी-Sutra News

असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ : रेशम चौधरी

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू निर्दोष रहेको बताउँदै दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्।



राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका चौधरीले डिल्लीबजार कारागारबाहिर सञ्चारकर्मीसँगको संवादमा यस्तो बताएका हुन्।

उनले भने, ‘कसैले कसैलाई आरोप लगाएर हुँदैन। हामी सबैले बेदना साँटासाँट गरेर अघि बढ्नुपर्छ। असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ।’

उनले टीकापुर काण्डमा जेलमा रहेका अन्य राजबन्दीलाई पनि छिट्टै रिहा गर्नेगरी प्रक्रिया चाल्ने बताए।

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो।

उक्त घटनापछि रेशम भूमिगत भएका थिए। भूमिगत रहँदै उनले २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका थिए। प्रतिनिधिसभामा अत्यधिक बहुमतसहित निर्वाचित भएपछि रेशमले २०७४ फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरे। त्यसपछि सांसदको शपथ लिएका उनलाई पुन: कारागारमै लगिएको थियो भने उनलाई सांसदबाट निलम्बन समेत गरिएको थियो।

रेशमलाई जिल्ला अदालत, कैलालीले २०७५ फागुन २२ गते गरेको फैसला उच्च अदालत, दीपायलले २०७७ पुस १९ गते सदर गरी जन्मकैद र ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने ठहर गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट