भोक नलाग्ने वा कमजोरी महशुस हुन्छ? जान्नुस् किन हुन्छ यस्तो?-Sutra News

भोक नलाग्ने वा कमजोरी महशुस हुन्छ? जान्नुस् किन हुन्छ यस्तो?

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

तपाईंले भोक नलाग्ने वा थकाइको महशुस गर्ने गर्नुभएको छ? छ भने तपाईंलाई भिटामिन बि-१२ को कमी भएको हुनसक्छ।



शरिरका लागि भिटामिन बि-१२ एकदमै आवश्यक भिटामिन हो। यो भिटामिनले दिमागी स्वास्थ्य, रक्त कोशिका(ब्लक सेल) र स्नायु माशपेशीका अति नै आबश्यक भिटामिन हो। भिटामिन बि-१२ लाफ कोबालामीनसमेत भन्ने गरिन्छ। जब शरिरले बि-१२ले चाहिने मात्रामा पाउँदैन तब शरिरले वोभिन्न लक्षणहरु देखाउन थाल्छ।

विशेषगरी दिमागसम्बन्धी समस्याहरु उत्पन्न गराउन थाल्छ जसलाई ठिक गराउन कठोन हुन जान्छ।

भिटामिन बि-१२ले दिमागलाई फुर्तिलो बनाउँछ। दिमागमा हुने हानीबाट जोगाउँछ। यसका कारण मानिसको शरिरमा उर्जा पैदा हुन्छ जसले मानिसलाई दिनभर सक्रिय हुन मद्दत गर्दछ। यसले कपाल झर्नबाट रोक्न पनि सहयोगी भूमिका खेल्दछ।

त्यस्तै छाला तथा नङ्गलाई राम्रो बनाउँदछ। बि-१२ ले रातो रक्त कोशिका उत्पादनमा सहयोग गर्नुका साथै शरिरिको हड्डीलाई बलियो बनाउन भूमिका खेल्दछ।

तर शरिरमा यसको कमी भयो भने निम्न लक्षणहरु देखिन थाल्छ।

रक्त अल्पता

भिटामिन बि-१२ले मानव शरिरमा रातो रक्त कोशिका उत्पादनमा भूमिका खेल्दछ। यसको कमी हुँदा शरिरमा रक्तअल्पता हुन थाल्छ। बोलीचालीको भाषामा यसलाई शरिरमा रगहको कमी भएको भनेर पनि बुझिन्छ। यसका कारण रिगँटा लाग्ने, कमजोरी महशुस हे, छाला पहेलेको देखिने र टाउको दुख्ने हुन्छ।

भोक नलाग्ने

भिटामिन बि-१२ को कमी भएपछि देखाउने एउटा लक्षण भनेको भोक महशुस नहुनु पनि हो। यसको कमी भएपछि भोक कम लाग्दछ भने खानामा रुचि पनि जाग्दैन।

पेटसँग सम्बन्धित समस्या

यसले पेटसँग सम्बन्धित समस्याहरु बढाउन सक्छ। ग्यास्टिक तथा कब्जियतको समस्या देखिन थाल्छ। यसको कमीले शरिर कमजोर भएको तथा थकानको महशुस गराउँदछ।

यसरी पूरा गर्नसकिन्छ भिटामिन बि-१२को कमीलाई

यसका लागि हामीले खानपिनमा उचित ध्यान दिनुपर्दछ। खानामा भिटामिन बि-१२ पाउने खानेकुराहरुलाई आवश्यक मात्रामा सामेल गर्नुपर्दछ। यस्ता खाने कुराले भिटामिन बि-१२ को कमी गराउन ठूलो मद्दत गर्दछ। च्याउ, आलु, सालमन माछा तथा चुकन्दर जस्ता खानकुराबाट यसको कमीलाई पुरा गर्न सकिन्छ।
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट