एभरेस्ट म्याराथनको उपाधि सुमन कुलुङलाई-Sutra News

एभरेस्ट म्याराथनको उपाधि सुमन कुलुङलाई

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

तेन्जिङ हिलारी एभरेस्ट म्याराथन २०२३ को उपाधि सोलुखुम्बुका सुमन कुलुङले जितेका छन् ।



सगरमाथाको आधार शिविरदेखि नाम्चेसम्मको निर्धारित ४२ किलोमिटर दूरी ३ घण्टा ४८ मिनेट ५४ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।

३ घण्टा ५७ मिनेटमा ५३ सेकेन्डमा दूरी पूरा गर्दै दलबहादुर कुँवर दोस्रो तथा  ४ घण्टा २ मिनेट ३ सेकेन्डमा दौड पूरा गर्दै उमेश राई तेस्रो भए।

महिलातर्फको हाफ म्याराथनमा भारतकी सम्झना राई पहिलो भइन् । उनले २१ किलोमिटर दूरी ३ घण्टा १९ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरिन्। अस्ट्रेलियाकी इमा विलियन्सले ३ घण्टा २१ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन्।
रसियाकी अलेक्जेन्डर बुर्टसेभले ३ घण्टा २३ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गरेर तेस्रो भइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट