राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बिन्दबासिनी कंसाकारले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख देवराज घिमिरेसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सभामुख घिमिरेले शपथ ग्रहणपछि उनलाई संघीय संसदको लोगो प्रदान गरेका थिए ।
व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड भन्दै मागेको अडियो संवाद सार्वजनिक भएपछि ढाकाकुमार श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यबाट हटाएर रास्वपाले कंसाकारलाई सांसद बनाएको हो ।