बजेट भाषणका क्रममा अर्थमन्त्री प्रकाश शरण महतले गाँजाबाट उत्पादन हुने औषधीजन्य तथा अन्य उत्पादनको सम्भाव्यता अध्ययन गरिने कार्यक्रमको घोषणा गरेपछि सोको समर्थनमा सासंदहरुले टेबल ठटाएर स्वागत गरेका छन्।
सरकारले आगामी आर्थिक वर्षमा गाँजा खेति अध्ययनका लागि बजेट विनियोजन गरेको छ ।
विश्वका पश्चिमा मुलुकले गाँजा खेतीलाई वैधता दिएर आर्थिक मुनाफा आर्जन गरिरहेकोले नेपालले पनि गाँजा खेती गरेर त्यसबाट आर्थिक लाभ लिनुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो।
सरकारले यस वर्षको बजेटमा सो मागलाई सम्बोधन गरेको छ। यध्यपी यसका कानुनी अड्चनहरुलाई सरकारले सम्बोधन गर्नु जरुरी रहेको छ।