सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा कृषि क्षेत्रमा ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले कृषि मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड विनयोजन गरेको बताए ।
जसमा उखु किसानका लागि मात्र ८० करोड विनियोजन गरिएको जानकारी दिए । कृषि पशुपालनमा युवा जनशक्तिलाई आकर्षित गर्न एक अर्ब २० करोड विनियोजन गरिएको जानकारी दिए । दुई लाख बढी किसानको बाली तथा अन्य बिमाका लागि ९५ करोड विनियोजन गरिएको बताए ।