नयाँ भवन निर्माण गरिने छैन : अर्थमन्त्री-Sutra News

नयाँ भवन निर्माण गरिने छैन : अर्थमन्त्री

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०
अर्थमन्त्री प्रकाश शरण महतले नयाँ भवन निर्माण नगरिने घोषणा गरेका छन् ।
आर्थिक वर्ष २०८० ८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सबै खाले प्रोत्साहन भत्ता खारेज गर्नेसमेत जनाएका छन् ।
अर्थमन्त्री महतले भने, ‘नयाँ सवारी साधन र फर्निचर तथा फर्निसिङ खरिद गरिने छैन । आगामी आर्थिक वर्षमा अत्यावश्यक बाहेक नयाँ भवन निर्माण गरिने छैन।’
उनका अनुसार इन्धन, कार्यालयसम्बन्धी सामान लगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिनेछ। नेपाल सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई निरुत्साहित गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट