क्षयरोगी पहिचान गर्न एक अर्ब १५ करोड विनियोजन-Sutra News

क्षयरोगी पहिचान गर्न एक अर्ब १५ करोड विनियोजन

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

सरकारले क्षयरोगी पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन बजेट विनियोजन गरेको छ ।



सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षयरोगी पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन १ अर्ब १५ करोड विनियोजन गरेको जानकारी दिए ।

क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत क्षयरोगीको पहिचना गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट