प्रकाशले भने- म एक पागल हो-Sutra News

प्रकाशले भने- म एक पागल हो

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

गायक प्रकाश सपुत यति बेला चर्चाको शिखरमा छन् ।



उनले जे छोयो त्यो सुन भनेझैँ उनका हरेक सिर्जना सुपरहिट हुन्छन् । आफ्ना हरेक गीतमा केही नयाँ र निक्कै नै राम्रो सिर्जना प्रस्तुत गर्ने उनका हरेक गीत सफल भएका नै छन् ।

यस्तोमा प्रकाशलाई माया गर्ने दर्शकको ठूलो जमात नै भै सकेको छ । उनका हरेक गीत विवादमा परेपनि उनि एक सफल गायक हुन् भन्ने कुरामा दुई मत छैन । तर प्रकाश भने आफूलाई एक पागल हो भनेर चिनाउन चाहान्छन् ।

सकम्बरी गीतको सफलता र समिक्षा कार्यक्रममा उनले यसो भनेका हुन् ।

उक्त कार्यक्रमको अध्यक्षता ग्रहण गर्नू भएकी दोहोरी गीत प्रतिष्ठानी अध्यक्ष विन्दुले प्रकाश सपुत हरेक गीतलाई नयाँ बनाउन नयाँ तरिका हरु खोजिरहेको एक पागल जस्तो लाग्छ भनेर भनेकी थिइन् ।

त्यही कुरामा जोड दिँदै एक पत्रकारले ‘के तपाईँ पागल हो?’ भन्ने कुरालाई स्वीकार गर्नुहुन्छ भनेर प्रश्न गरेकी थिइन् । जसलाई उनले सहर्ष स्वीकार्दै ‘तपाईँले मेरो गीतमा हेर्नुभयो भने पनि सुरुमा शिवम् सिमेन्ट आउँछ अनि त्यसपछि प्रकाश सपुत म्याडनेस पनि आउँछ’, भन्दै यो मेरो ट्यागलाईन हो भनेर पनि भनेका छन् ।

साथै ‘म्याडनेस’ आफूलाई मनपर्ने शब्द भएकै कारण फेसबुक प्रोफाइलमा पनि ‘एक पागल’ राखेको छु भन्दै ‘म्याडनेस’ शब्द मलाई मन पर्छ र म एक सचेत पागल हुँ समेत भनेका छन् ।

साथै उनले ‘सकम्बरी’ गीतलाई लिएर समेत अझ प्रष्ट पारे ।

प्रकाश सपुतले ‘सकम्बरी’ गीतको फूलमाया जस्ता पात्रहरु हम्रो समाजमा धेरै छन् भनेका छन् ।

‘रातीको समयमा मैले चार बर्ष काम गरेको छु त्यो समयमा आफू बाध्य भएर त्यो पाटो लागेको मान्छे देखेको छु । काम गर्दै जाँदा सक्षम असक्षम दुबै पात्र देखेको छु । अब मेरो बाटो यही हो कि भनेर कन्भिन्स् हुने पात्र देखि यो ठाँउ गतिलो छैन रैछ भनेर छोडेर नै हिँडेको पात्र समेत देखेको छु’, भनेका छन् ।

‘सकम्वरी’ गीतमा सिनहरु काल्पनिक होलान् त्यसलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको होला तर यो हाम्रै समाजको वास्तविक कुरा रहेको गायक प्रकाश सपुतको दावी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट