पूर्वपश्चिम राजमार्ग निर्माणलाई ३१ अर्ब दुई करोड-Sutra News

पूर्वपश्चिम राजमार्ग निर्माणलाई ३१ अर्ब दुई करोड

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

पूर्वपश्चिम राजमार्ग निर्माणका लागि सरकारले ३१ अर्ब दुई करोड बजेट विनियोजन गरेको छ।



अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुना्।

पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइने अर्थमन्त्री डा. महतको भनाइ छ।

नारायणगढ(बुटवल र कमला)कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ।

कमला (ढल्केवर,पथलैया, वुटवल, गोरूसिङ्गे, काकडभिट्टा, लौकही, पथलैया, नारायणगढ र लमही,भालुवाङ्ग सडक खण्डको स्तरोन्नति सुरू गरिने भएको छ। नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू उनले बताएका छन् ।

पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको अर्थमन्त्री डा. महतले बताए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट