कोटेश्वर, सात दोबाटो र एकान्त कुनामा फ्लाइओभर निर्माण गरिने-Sutra News

कोटेश्वर, सात दोबाटो र एकान्त कुनामा फ्लाइओभर निर्माण गरिने

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

सरकारले राजमार्ग र रणनीतिक सडक अन्तर्गत आगामी आर्थिक वर्षमा १५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने जनाएको छ । 



आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले पुल निर्माणका लागि २ अर्ब ८ करोड विनियोजन गरेको बताए।

त्यस्तै सूर्य विनायक धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम समेत सरकारले विनियोजन गरेको छ। काठमाडौँ चक्रपथको कलङ्की बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीव्रता दिन २ अर्ब ७ करोड छुट्टयाएको छ। 

त्यस्तै कोटेश्वर, सात दोबाटो र एकान्त कुनामा फ्लाइओभर र अन्डरपास निर्माण कार्य शुरूवात गरिने समेत सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट